Logo

Breaking News 1

काठमाडौंका प्रमुख अस्पतालका चिकित्सक आन्दोलनमा



काठमाडौं। चिकित्सकमाथि लगातार आक्रमण हुन थालेपछि काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । त्रिवि शिक्षण, वीरलगायत अस्पतालका चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् ।

“कार्यस्थलमा सुरक्षित वातावरण भएन, हामी काम गर्ने मनस्थितिमा छैनौँ,” राष्ट्रिय आवासीय चिकित्सक संघका पूर्वसचिव डा. अरुण उप्रेतीले बताए । शान्तिपूर्ण र्‍यालीसहित चिकित्सक यतिखेर काठमाडौंको माइतीघरमा भेला भएका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । पछिल्लो समय पोखरा र चितवनमा चिकित्सकमाथि सुरक्षाकर्मीकै अगाडि कुटपिट गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ११ : ५८ बजे