Logo

Breaking News 1

सुन तस्करी : वर्षमान पुनका विश्वास पात्र भण्डारीसँग सीआईबीले लियो बयान



काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका बिश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पुर्व मन्त्री पुनका बिश्वास पात्र मानिन्छन् ।

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भईरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टी हुने आधार देखा परे पछि सिआईबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।

नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्मन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेकाे भण्डारीले छाेटाे समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीबिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरिएकाे छ । उनकाे सम्पति राेक्का गरी मुद्दा चलाइरहेकाे बेला हालै भएकाे ६० केजी सुन तस्करी प्रकरणामा अस्वभाविक संलग्नता देखा परे पछि प्रहरीले हिजाे बाेलाएर साेधपुछ गरेकाे हाे । बयान नसकिए पछि साेमवार पनि थप बयान हुने जनाइएकाे छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : २४ बजे