Logo

Breaking News 1

२४ गते बस्ने भनिएकाे राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित


२२ भाद्र २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेका सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ५ : ४९ बजे