Logo

Breaking News 1

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन



काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ । असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी ९००४१० र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : १६ बजे