Logo

Breaking News 1

प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयसँग सम्बन्धी प्रश्नोत्तर हुने



काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्ने छ । सो बैठक १ बजे बोलाइएको छ । संघीय संसद भवन सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ ।

साथै, सभामुख देबराज घिमिरेले ‘केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ५३ बजे