Logo

Breaking News 1

पेप्सीकोला-काँडाघारी सडकखण्डमा बसको ठक्करबाट ७ जना घाइते



काठमाडौं । काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सातजना घाइते भएका छन् । मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए  । दुर्घटना आज बिहान करिब ७ः४५ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : १० बजे