Logo

समाचार

इटाली पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा एकजना पक्राउ



काठमाडौं ।  इटाली पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका-३ घर भइ हाल काठमाडौको कीर्तिपुर-५ बस्‍ने ५२ वर्षीय विष्णु रिषी पाण्डे रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।

उनले पीडितलाई वैदेशिक रोजगाका लागि इटाली पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ४ लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : २९ बजे