Logo

Breaking News 1

संसद् अवरोध खुलाउन प्रधानमन्त्रीसँग छलफल गर्दै सभामुख



काठमाडौं । झन्डै एक महिनादेखि अबरुद्ध संसद खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले छलफल गर्दैछन् ।

आज बिहान ९ बजे वालुवाटारस्थित प्रधानमन्त्रीसँग सरकारी निवासमा सभामुख र प्रधानमन्त्री प्रचण्डका बिचमा छलफल हुदैँछ । सदन अवरोध भए पछि सभामुख घिमिरेसँग प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गर्दै आएकाे छ ।

 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : १७ बजे