काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
सर्वोच्च अदालतले टिकापुर घटनाको मुद्धामा फैसलाको पूर्णपाठ सार्वजानिक गरेकै दिन चौधरीले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । सर्वोच्चको आदेशमा राष्ट्रपतिबाट आम माफी पाएका चौधरीको रिहाइको विषयमाथी गम्भीर प्रश्न उठाइएको छ।
चौधरीले भने लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उक्त प्रतिवेदन सार्वजानिक नगरे सडक, सदन र सरकारमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया