Logo

समाचार

कैलालीको कैलारी गाउँपालिकाले दियो गुरही पर्वमा बिदा


३२ श्रावण २०८०, बिहिबार  

46
Shares

धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय विदा दिने निर्णय गरेको छ । थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउँदै आएकोले गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो ।

भदौ ४ गते गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय विदा दिएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ८ : २७ बजे