Logo

Breaking News 1

ललिता निवास प्रकरणका दुई आरोपी रिहा हुँदा अन्यको पाँच दिन म्याद थप



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनेको सीआईबीले जनाएको छ। सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ३७ बजे