Logo

Breaking News 1

कान्ति बाल अस्पतालले पीडितलाई गलत खोप दिएको मुद्दामा ३० लाख क्षतिपूर्ति दिनुपर्ने सर्वोच्चकाे आदेश


१२ श्रावण २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । उपचारका लागि आएका बालकलाई गलत खोप दिएको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । पीडितलाई कान्ति बाल अस्पतालले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो ।

अस्पतालका तर्फबाट चिकित्सकीय लापारबाही भएको ठहर गर्दै सर्वोच्चले पीडितलाई क्षतिपूर्तिस्वरुप सो रकम दिनुपर्ने आदेश दिएको हो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । २०७९ माघ २५ गते भएको फैसलाको पूर्णपाठ भने तीनदिन अघि मात्रै आएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : ४६ बजे