Logo

धर्म / संस्कृति

आजकाे राशिफल


१२ श्रावण २०८०, शुक्रबार  

92
Shares

काठमाडाैं । आज मिति २०८० साउन १२ गते, शुक्रवार, २८ जुलाई २०२३। अधिक श्रावण शुक्लपक्ष दशमी तिथि, ९ः३४ बजेपछि एकादशी। अनुराधा नक्षत्र, २१ः११ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक।

मेष राशि

आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ।

बृष राशि

दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ।

मिथुन राशि

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

कर्कट राशि

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

सिंह राशि

सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउनेछ।

कन्या राशि

चिताएको काम बन्नाले उत्साह जाग्नेछ। नयाँँ काम सुरु हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

तुला राशि

मान(सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने ।

बृश्चिक राशि

सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला।

धनु राशि

आम्दानी र खर्चको विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ। किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिन सक्छ। कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

मकर राशि

आयआर्जनका स्रोत देखिए पनि सोचेको आम्दानी नहुन सक्छ। किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिने सम्भावना छ। दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ।

कुम्भ राशि

भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

मीन राशि

मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ५ : ५५ बजे