काठमाडौं । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले वाग्नर समुहका प्रमुख येभगेनी प्रिगोजिन आफ्नो देशमा नरहेको बताएका छन् ।
रुसका तर्फबाट युक्रेनमा आक्रमण गरिरहेको वाग्नर समुहका प्रमुख प्रिगोजिनले यसै महिना रुसको राजधानी मस्को कब्जा गर्ने भन्दै मार्च पास गरेका थिए । तर अन्तिममा बेलारुसतर्फ लागेका प्रिगोजिन रुसको सेन्ट पिटरवर्गमा रहेको बेलारुसका राष्ट्रपतिले जानकारी दिएका हुन् ।
वीवीसीका अनुसार प्रिगोजिन रुसमा रहेको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन ।
प्रतिक्रिया