Logo

समाचार

गोखरपुरकी लेडी डन भैरहवाबाट पक्राउ



काठमाडौं । भारतको गोरखपुरमा ‘लेडी डन’ का नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ परेकी छन् ।

चोरी, लुट, हत्या लगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन् ।

भारतको गोरखपुर बस्ने ४३ वर्षीया तिवारीले वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित ५० लाख रूपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ ।

वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने डा. नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप र ३ लाख ८० हजार रूपैयाँ नगद चोरी गरेको र जेठ ३ गते सिद्धार्थनगर नगरपालिका–८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार नगदसहित ल्यापटप, मोबाइल, सुनको औठी चोरी गरेको प्रहरीले आरोप लगाएको छ।

तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगरपालिका–९ बस्ने श्यामसुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाइल लगायत नगद १ लाख १५ हजार लुटेको प्रहरीको दाबी छ ।

प्रहरीले तिवारीका साथबाट कटुवा पेस्तोलजस्तो देखिने पेस्तोल एक थान, केएफ–७ दशमलव ६५ लेखेको गोली तीन राउन्ड, दुईवटा खुकुरी, एउटा चक्कुलगाएत बरामद गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : ५८ बजे