जेरुसलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीन भ्रमणको निम्तो आएको छ । इजरायलका प्रधानमन्त्री नेतान्याहुले मङ्गलबार आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन् ।
नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा यो जानकारी दिएका हुन्। यद्यपी उनले कहिले भ्रमणमा जाने हो ? त्यो भने खुलाएनन् ।
चीनले नेतान्याहुलाई पठाएको यो निमन्त्रणालाई मध्यपूर्वमा चीनको प्रवेश बढाउने प्रयासका रूपमा हेरिएको छ । चीनले अघिल्लो अप्रिलमा कट्टर शत्रुहरू इरान र साउदी अरेबियाबीचको सम्बन्ध पुनर्स्थापना गर्ने सम्झौता पनि गराएको थियो ।
अमेरिकन निटक इजरायललाई चीनको यो राजकिय भ्रमणले अमेरिकालाई भने सशंकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
प्रतिक्रिया