काठमाडौं, १९ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक कार्यक्रमस्थलमा लडेका छन् । बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ । यसबारे ट्वीटमार्फत जानकारी दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले राष्ट्रपति बाइडेन बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
राष्ट्रपति बाइडेनलाई कुनै चोट नलागेको उनले स्पष्ट पारेका छन् । यसअघि पनि ८० वर्षीय बाइडेन पटक पटक सार्वजनिक कार्यक्रममा लड्का छन् ।
प्रतिक्रिया