काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन संकट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शनिबार भेटवार्ता गर्दै मोदीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
१५ महिनाअघि रुसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो । मोदीले रुसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिएका थिए ।
युक्रेनलाई अत्याधुनिक लडाकु विमान खरिदका लागि अमेरिकाले स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोसिमा पुगेका थिए ।
युक्रेनी नेताले यसअघि इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र बेलायतका ऋषि सुनकसँग पनि वार्ता गरेका थिए । जेलेन्स्कीले सुनकसँग केही दिनअघि युरोपेली मित्रराष्ट्रहरूको भ्रमणका क्रममा भेटवार्ता गरेका हुन् ।
प्रतिक्रिया