Logo

Breaking News 1

नीति तथा कार्यक्रम : पुरानै निरन्तरता



काठमाडौं । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरे ।

राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि अब संसदमा छलफल समेत हुनेछ । यसमै केन्द्रीत रहेर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । त्यसोत प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले आगामी आर्थिक वर्षको बजेट धर्मराउँदो अबस्थामा रहेको अर्थतन्त्र सुधार केन्द्रीत हुने बताएका थिए ।

तर नीति तथा कार्यक्रम अर्थतन्त्रमा सुधार ल्याउने खालको नरहेको प्रतिपक्षी दल नेकपा एमालेले प्रतिक्रिया दिएको छ । एमाले महासचिव शंकर पोखरेलले नीति तथा कार्यक्रमको कुनै लक्ष्य नभएको टिप्पणी गरेका छन् । यता सरकारले समेत आगामी आर्थिक वर्षमा खर्च नहुने आयोजनाका लागि रकम विनियोजन नगर्ने स्पष्ट पारेको थियो ।

नीति तथा कार्यक्रममा विगतका वर्षमा घोषणा गरिँदै आएको सातै प्रदेशमा मेडिकल कलेज बनाउने, अद्यौगिक पूर्वाधारमा सुधार गर्ने, खर्च घटाउने, पुँजीगत खर्च बढाउने, सार्वजनिक निर्माणलाई बढाउने, पूर्वाधार विकासमा जोड दिने, पर्यटन सेवा प्रवाह तथा स्वास्थ्य बीमा, विद्युतको निःशुल्क प्रयोग, हेटौंडा कपडा उद्योग चलाउने, दिवा खाजा विस्तार गर्नेसहितका पुरानै कार्यक्रमलाई निरन्तरता हुन् ।

व्यवसायीलाई सम्मान गर्ने, क्रिकेटमा लगानी बढाउने लगाएतका सकारात्मक र नयाँ कार्यक्रमले नीति तथा कार्यक्रममा स्थान पाएको भएपनि अधिकांश भने पुरानै कार्यक्रमले स्थान पाएका छन् । त्यसबाहेक उच्चपदस्थको सम्पत्ती छानविन गर्ने र शुसासनको विषय समेत नीति तथा कार्यक्रममा पर्नु सकारात्मक रहेको नीजि क्षेत्रले प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ११ : ४५ बजे