Logo

कर्पोरेट

माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल



काठमाडौं । माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ। कम्पनी सञ्चालक समितिको निर्णयबाट प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो ।

अब माई खोला हाइड्रोपावरको धितोपत्रसम्बन्धी अभिलेख राख्ने,  दाखिला खारेज, नामसारी लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ५ : ३४ बजे