Logo

मुख्य समाचार

इन्स्टाग्रामको टिप्पणीले महाराष्टमा भडकियो हिंसा, स्थीति नियन्त्रण लिन धारा १४४ लागु



मुम्बई । महाराष्ट्र अकोलाको पुरानो शहरमा दुई समुदायबीच झडप भएको छ । सो झडपमा परेर एकजनाको मृत्यु भएको छ भने एक प्रहरीसहित तीन जना घाइते भएका छन् । सो झडप पछि प्रहरीको संख्या बढाईएको छ भने स्थीतिलाई नियन्त्रणमा लिनका लागि कलेक्टरले त्यहाँ धारा १४४ लगाएका छन् ।

साथै, सो झडपछि सो क्षेत्रमा धैरै नै तोडफोड हुन पुगेको छ भने दर्जनौं गाडीहरु तोडफोडमा परेका छन् । जानकारी अनुसार महाराष्टको अकोला शहरमा शनिवार एउटा पोष्ट इन्स्टाग्राममा बिबादित सामाग्री प्रकाशित भएको थियो । सो सामाग्री प्रकाशित भए पछि असन्तुष्ट एक समुदायले प्रहरी थानामा पुगेर आफनो  असहमति दर्ज गराएको थियो ।

यसैक्रममा प्रहरी थानामा पुगेको उक्त भिड अचानक भडकिन पुगेको थियो । उक्त भीड भडके पछि दुई समुदायको बिचमा झडप सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : १४ बजे