Logo

धर्म / संस्कृति

यस्तो छ आजको राशिफल



काठमाडाैं । आज मिति २०८० साल बैशाख महिनाको ३१ गते आइतबार, जेठ कृष्ण दशमी, पञ्चाङ्ग: एन्द्र वणिज शतभिषा ।
यस्तो छ आजको राशीफल
मेष
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ ।

बृष
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

मिथुन
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ ।

कर्कट
लाभहानी, आयव्यय, सुखदु:ख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

सिंह
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा पनि प्रगति नै हुनेछ ।

कन्या
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

तुला
आज आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला, तर शुभ कार्यमा सरिक भइनेछ ।

वृश्चिक
मन भावुक र उत्ताउलो बन्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । सरकारी निकायको भएपनि रहला, तर शुभ कार्यमा सरिक भइनेछ ।

धनु
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

मकर
शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

कुम्भ
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

मीन
आज राजनैतिक र सामाजिक कार्यमा दोष लाग्न सक्छ । कसैले झुट पनि बोल्नसक्छन्, तर साँझमा नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : १५ बजे