काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । गत बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो । शुक्रबार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो ।
जसअनुुुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ-आफनो क्षेत्रको प्रतिवेदन पेस गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल सुरु गरिएको थियो ।
आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया