काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेको विरोधमा देशव्यापी प्रदर्शन भएको छ ।
आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि इस्लामावाद उच्च अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको थियो ।
खान पक्राउ परे लगत्तै उनको दल पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका कार्यकर्ताले देशभर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले लाहोरमा एकजना सैनिक अधिकारीको घरमा पसेर प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
प्रतिक्रिया