Logo

विश्व

भारतको मणिपुरमा जातीय हिंसाका कारण ५४ को मृत्यु



काठमाडौं । भारतको मणिपालमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएपछि थप हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका छन् ।

मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले निकालेको विरोध प्रदर्शनमा झडप भएपछि सवारी साधन र घरहरूमा आगजनी भएको भन्दै अधिकारीहरूले अश्रुग्याँस प्रहार गरेपछि अशान्ति सुरु भएको थियो ।

अधिकारीहरूले मृतकको आधिकारिक विवरण नदिए पनि राज्यको राजधानी इम्फाल र चुराचन्दपुरका अस्पतालका मुर्दाघरहरूमा जम्मा ५४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको उत्तरपूर्वमा दशकौंदेखि जातीय र पृथकतावादी समूहहरूले अधिक स्वायत्तता वा भारतबाट स्वतन्त्रताको माग गर्दै प्रदर्शनहरू हुँदै आएका छन् र सन् १९५० को दशकदेखि मणिपुरमा कम्तीमा ५० हजार मानिसहरू मारिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : २२ बजे