Logo

विश्व

काश्मिरमा दुई भारतीय सैनिकको मृत्यु


२२ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ । विवादित क्षेत्रमा आतङ्ककारीले बिछ्याएको विष्फोटक पदार्थका कारण सैनिकको मृत्यु भएको आरोप भारतीय सेनाले लगाएको छ ।

विष्फोटक पदार्थ विष्फोट गराउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार सैनिक घाइते भएको भारतीय सेनाले जनाएको छ । सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भारत नियन्त्रित क्षेत्रमा तैनाथ करिब पाँच लाख भारतीय सैनिकसँग लडिरहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : १७ बजे