काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २० वैशाखका लागि संघीय संसदको दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । २४ वैशाख आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अगामी वैशाख २४ गते आइतबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरिएको हो ।
प्रतिक्रिया