Logo

समाचार

के तपाईलाई थाहा छ, चौलनीले पनि कपाल राम्रो बनाउँछ भन्ने ?



काठमाडौं । प्रायः कोरियाली र चिनियाँहरु कपाल हेरचाह सबन्धी आफनो उत्पादनहरूमा चामलको पानीको प्रयोग गरेको देख्नु भएको नै होला । धेरैले यसलाई अनुहारमा पनि लगाउँछन् र धेरैले कपाललाई बाक्लो र मुलायम बनाउनका साथै कपालको वृद्धि बढाउन चामलको पानी प्रयोग गर्छन् ।

तर, के चामलको पानी साँच्चै प्रभावकारी हुन्छ रु चामलको पानी चामल धोएर, भिजाएर र उमालेपछि निस्कने स्टार्च पानी हो।चामलको पानीमा भिटामिन बी १, भिटामिन बी ६, फस्फोरस, सेलेनियम, म्यांगनीज, म्याग्नेसियम र अन्य तत्वहरु पाइन्छ । यसमा पोटासियम, आयोडिन, जिंक र फाइबर पनि केही हदसम्म पाइन्छ । चामलको पानीले कपालमा लगाउँदा हुने फाइदा र त्यसले देखाउने प्रभावका बारेमा जान्नुहोस् । चामलको पानी कपालमा लगाउँदा धेरै फाइदा हुन्छ ।  यसले कपालको क्युटिकललाई सुधार्छ, यसको प्रयोगले कपालको चमक बढाउँछ र साथै टाउकोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यही कारणले गर्दा यो धेरै कपाल हेरचाह उत्पादनहरूमा समावेश भएको होा । चामलको पानीमा धेरै एन्टिअक्सिडेन्टहरू पनि पाइन्छ जसले कपाललाई समयपूर्व नै कालो हुनबाट रोक्छ। यस्तो पानीमा रहेको खनिज तत्वहरुले कपाललाई औषधीको रुपमा काम दिन्छ, जसकाकारण लगातार कपाल झर्न पनि रोकिन्छ । यो पर्यावरण मैत्री तरिकाले कपाल हेरचाह गर्ने कार्य चीनमा पनि व्यापक रूपमा प्रयोग गरिन्छ । जस्तो कि चीनको हुयांगुलुओ याओ गाउँका महिलाहरूको कपाल चामलको पानीले धोएपछि मात्र घुँडा मुनि पुग्ने विश्वास गर्छन । तपाई पनि चामलको पानीको फाइदा उर्ठाएर कपालमा लगाउनुहोस र आफ्नो कपाल कम्मरसम्म बढाउन सक्नुहुन्छ, घुँडासम्म मात्रै होइन।

चामलको पानी बनाउने तरिका

– पहिलो तरिका भनेको चामल उमालेर यो पानी बनाउनु हो। यसका लागि आधा कप चामल लिनुहोस् र त्यसमा २ गिलास पानी मिसाउनुहोस्। अब यो चामल पकाउनुहोस् र पकाए पछि चामललाई छान्नुहोस् र बाँकी पानीलाई भाँडोमा राख्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने तपाई अलि बढी पानी पनि प्रयोग गर्न सक्नुहुन्छ।

– अर्को तरिका चामल भिजाएर चामलको पानी तयार गर्ने हो। यसका लागि एक कप चामललाई राम्ररी धुनुहोस् र त्यसमा २ देखि ३ गिलास पानी हालेर भिजाउनको लागि राख्नुहोस् । अब आधा घन्टापछि चामललाई छानेर पानी अलग गर्नुहोस्।

– फरमेटर राइस वाटर बनाउनका लागि २ कप चामल लिनुहोस् र त्यसमा दोब्बर पानी थप्नुहोस्। यसलाई २० देखि ३० मिनेट भिजाएर पानी छुट्याएर बोतलमा भर्नुहोस्। यो बोतललाई दिनभरको लागि बन्द गर्नुहोस् र यसलाई अँध्यारो ठाउँमा राख्नुहोस्। तपाईका लागि अब फर्मेटर राइस वाटर तयार भयो ।

अब त्यो पानीले कपाल धुनुहोस । कपाललाई धुनका लागि तत्कालै चामलको पानी प्रयोग गर्न पनि सक्नुहुन्छ वा टोनरजस्तै शिरमा आधा घण्टासम्म राखेर कपाल धुन पनि सक्नुहुन्छ। र, अनि देख्नु हुनेछ त्यसको जादु ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ४६ बजे