काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ १२ पैसाले बढेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम गरिएको छ । यसअघि बिहिबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १३ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो १५ पैसाले बढेको छ । शुक्रबार युरो एकको खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ एक पैसा कायम गरिएको छ। बिहिबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ८५ पैसा कायम गरिएको थियो।
शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसाले घटेको हो । बिहिबार यसको खरिदमूल्य १६३ रुपैयाँ २ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
यता, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा कायम गरिएको छ भने युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।
शुक्रबार मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४१ पैसामा पाइने छ । उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ १६ पैसा तोकिएको छ।
प्रतिक्रिया