काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको मतान्तर कायम गरेका छन् ।
वाग्लेले २२ हजार ८२ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन् ।
तनहुँ १ को आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाको मत गणना सम्पन्न भइसकेको छ । बन्दीपुर गाउँपालिकाको वडा नं १ देखि ४ सम्मको मतगणना सकिएको छ भने व्यास नगरपालिकाको पनि वडा नं १ को मत गणना सकिएको छ ।
प्रतिक्रिया