काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उमेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ६३८ मतगणना हुँदा वाग्लेले ७ हजार ६२५ मत प्राप्त गरेका छन् । उनी सत्ता गठबन्धनका उमेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराई भन्दा दोब्बर मतले अघि छन् ।
भट्टराईले ३ हजार ४७१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २ सय १९ मत पाएका छन् । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।
प्रतिक्रिया