Logo

Breaking News 1

तीन तहको सरकार बनाउँदा पनि सिंहदरबारको सोचबाट मुक्त हुन सकेनौँ :प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा तीन तहको सरकार भए पनि केन्द्रीकृत मानसिकता परिवर्तन हुन नसकेको बताएका छन् ।काठमाडौंको गोकर्ण रिसोर्टमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ मा प्रधानमन्त्री प्रचण्डले देश संघीयतामा गए पनि सिंदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको बताएका हुन् ।

आम जनतालाई आर्थिक र राजनीतिक क्रियकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको हो । तर, अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौँ, उनले भने । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा मिलाएर बनाएको संविधान भएको पनि दाबी गरे ।

उनले नवउदारवाद र समाजवादका कुरा गर्दागर्दै पनि आम नेपालीको सोचमा अझै स्पष्टताको अभाव रहेको बताए । नेपालको आर्थिक, सामाजिक, दार्शनिक अध्ययन नगरी विदेशी नीति पछ्याउने क्रम चलेको भन्दै उनले यो उचित नहुने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मान्यताहरूका अध्ययन गर्नै पर्ने भए पनि नेपालका लागि आवश्यक नीतिलाई प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । हामी विदेशीले विकास गरेका, दर्शन सिद्धान्तको अनुकरण गर्ने र नेपाली मान्यता गलत हो भन्ने धारणाबाट मुक्त हुनुपर्छ,प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ११ : ५७ बजे