Logo

Breaking News 1

प्रधानमन्त्रीबाट काठमाडौं-तराई द्रूत मार्गको अवलोकन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई÷मधेस द्रूत मार्गको निरीक्षण अवलोकन गरेका छन् । मंगलबार प्रधानमन्त्रीले द्रूत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेर अवलोकन गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थ मन्त्री प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी तथा    सचिवहरु र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : ५६ बजे