काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । आइतबार एमालेबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विनोद शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जितबहादुर मल्लले राजीनामा दिएका हुन् ।
उनीहरूले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रतिक्रिया