महोत्तरी । गर्मियाम वढेसगैँ महोत्तरीका उत्तरी क्षेत्रका जंगलहरुमा स्थानियहरुले डढेलो लगाउन थालेका छन । नया घासँ पलाउने र बिषालु जीव नष्ट हुने बिस्वासमा स्थानियहरुले नै डढेलो लगाउन थालेका हुन ।
जिल्लाका उत्तरी क्षेत्रमा रहेका घना जंगलहरुमा ३ दिन यता डढेलो लागेको स्थानिय प्रत्यक्षदर्शीहरुले वताए । सामुदायिक तथा सरकारी मातहतमा रहेका जंगलहरुमा खुलेआम स्थानियले डढेलो लगाएता पनि सरकारी वन रक्षकहरु भने मुकदर्शक बनेका छन ।
जंगलभित्रको पारिस्थितिक प्रणालीलाइ नै असन्तुलन हुने गरि लगाइएको डढेलो आफैमा घातक भए तापनी डिभिजन वन कार्यालय तथा सागरनाथ वन परियोजनाहरुको बेवास्ता गरेको स्थानिय रामचन्द् साहले जनाए ।
तर, जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष झाले भने डढेलोको बिषयमा अघिल्लो बर्षभन्दा यो बर्ष निक्कै चनाखो रहेको दावी गरे । ‘यसपाली पानी नपरेको हुनाले आगलागी र डढेलोको समस्या त्यतिकै पनी बढन सक्छ,’ उनले भने, ‘नियतबश कसैले आगो लगाउछ भने त्यो अपराध हो, त्यसतर्फ हामी संवेदनशील छौ ।’ उन्ले यसो भने दुई दिनभित्र मात्र टुटेस्वर, गौशाला, पाटुलगायतका ठाउँहरुमा आगलागी भएको छ ।
बर्दिबासमा नै रहेको नेवार डाडा र कामी डाडामा लागेको डढेलो नियन्त्रण ४८ घण्टापछी मात्र भएको थियो । ससस्त्र प्रहरी, सामुदायिक वनका सदस्य र वनका कर्मचारीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएको अध्यक्ष सुदर्शन काफ्लेले जानकारी दिए ।
डढेलोको कारण रुख, बिरुवा नष्ट हुँदै जानुले पानीका मुहानहरु सुक्दै गएका छन भने डाले घासँमा समेत समस्या वढदै गएको छ ।
प्रतिक्रिया