इस्तानाबुल । पूर्वी टर्कीमा पुन सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ । सो भुकम्पमा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सिएनएनका अनुसार दुई हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । लगतार आएको भुकम्प र पराकम्पका कारण उद्धार र राहत वितरणमा समस्या भईरहेको टर्की सरकारले जनाएको छ ।
प्रतिक्रिया