रोल्पा । नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँ समितिको आयोजनामा फाल्गुन १ गते २८औं जनयुद्ध दिवसको अवसरमा वीरजंग स्मृति प्रथम कपको उद्घाटन गरिएको छ । लाली गुराँस युवा क्लबको प्राङ्गण परिवर्तन गाउँपालिका-३ बागमारामा स्वर्गीय वीरजंग स्मृति प्रथम कपको उद्घाटन गरिएको हो । विशेष गरि फाल्गुन १ गते जनयुद्ध दिवसलाई लक्षित गरेर नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँ समिति रोल्पाले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य स्वर्गीय चन्द्र बहादुर चन्द(वीरजंग)को सम्झनामा वीरजंग स्मृति प्रथम कपको आयोजना गरिको हो । नेकपा परिवर्तन गाउँ समिति रोल्पाले फाल्गुन १ गते २८ औं महान जनयुद्ध दिवसको शुभ दिन र शुभ अवसरमा (वीरजंग)स्मृति प्रथम कपको एक कार्यक्रमको बीच उद्घाटन भएको छ ।
परिवर्तन गाउँपालिका नेकपा गाउँ समितिका सेक्रेटरी हिरालाल खड्का(डाइमण्ड)को अध्यक्षमा भएको वीरजंग स्मृति प्रथम कप उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा स्कूलिङ विभागका प्रमुख भरत बम सी रहेका थिए । विशिष्ट अतिथीमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य स्वर्गीय चन्द्र बहादुर चन्द(वीरजंग) का जीवन सङ्गीनी राजकुमारी चन्द रहेकि थिइन् । अन्य अतिथीमा नेकपा केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन पोख्रेल सी, नेकपा केन्द्रिय सदस्य तथा पश्चिम जिल्ला इन्चार्ज सम्झना घर्ती मगर सी, नेकपा केन्द्रिय सदस्य प्रतिनिधि समिति सदस्य तथा राप्ती ब्युरो कार्यालय सचीव विकास वली सी, नेकपा पश्चिम रोल्पा जिल्ला सेक्रेटरी सन्दीप वली सी, नेपाल जन प्रगतिशील मोर्चा साउदीका महासचिव प्रसराम घर्ती, नेकपा परिवर्तन गाउँपालिकाका इन्चार्ज पृथ्वी विक्रम डाँगी, नेकपा माडी गाउँपालिकाका इन्चार्ज अविरल बुढा, अखिल नेपाल शिक्षक महासंघ रोल्पा जिल्ला उपाध्यक्ष धन बहादुर डाँगी, सदस्य लक्ष्मण खड्का, नेकपा जिल्ला सदस्य भक्त बहादुर रिजाल, नेकपा एमाले रोल्पा जिल्ला सदस्य कर्ण बहादुर बुढा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि झपिराम डाँगी लगायतको आतिथ्यता रहेको थियो । नेकपा परिवर्तन गाउँ समितिका सदस्य महेन्द्र बहादुर चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा राजनीतिक दल, व्यापारी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, कलाकार,
खेलाडी, पत्रकार, झाँकी नाच समूह, आमा समूह, युवा समूह, आर्थिक लगायत अन्य सहयोगीहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा स्कूलिङ विभागका प्रमुख भरत बम सीले शहिदहरुको सपना अझै पुरा नभएको बताए । २०५२ साल फाल्गुन १ गते देखि देशको लागि परिवर्तन र व्यवस्थाको विरुद्ध अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाललगायत धेरै नेतृत्व पंक्तिले सुरु गरेको उनको भानाई छ । ‘यो आजको दिन ऐतिहासिक भएकोले सोही अवसर पारेर पार्टीका केन्द्रिय सदस्य स्वर्गीय विरजंगको प्रथम स्मृति कप आयोजना गरेर उहाँको त्याग,संघर्ष र योगदानको सम्झना गराउने गरेको छ, ‘ उनले भने, ‘जुन महान जनयुद्धको इच्छा, चाहना,भावना अनुसार नेपाली जनताले विकासको अनुभव गर्न पाएका छैनन् ।’
सहिद,घाइते,अपाङ्ग लगायतले परिवर्तनको महशुस गर्न नपाएको उनले बताए । अब देशको मुहार फेर्नको लागि सबै शक्तिहरु आवद्ध हुनुपर्ने उनको भनाइ छ । साथै शहिदको लागि एक दिन सम्झेर मात्र सहिदको सपनाहरू साकार नहुने उनले बताए । देश परिवर्तन गर्नको लागि एउटै मञ्चबाट अभियानको सुरुवात गरेका एक शक्ति सत्तामा पुगेको र अर्को शक्ति सत्ता बाहिरको नेतृत्व गरिरहेको समेत बताए । अहिले सरकारको नेतृत्व गरेका सत्तारूढ शक्तिहरुले जनताको आवश्यकता अनुसार डेलिभरी दिन नसकेको उनको भनाइ थियो ।
दिवसको अवसरमा खेलकुद प्रतियोगिता अन्तर्गत साविकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता र खुल्ला ब्याडमिन्टन प्रतियोगिता लगायतको आयोजना गरेको छ । साविकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.३० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीय आउने टिमले नगद रु.२० हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनब । तृतीय आउने टिमले नगद रु.११ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । भने सान्त्वना आउने टिमले नगद रु.६ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन ।खुल्ला महिला भलिबल प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.२५ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीय आउने टिमले नगद रु.१५ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । तृतीय आउने टिमले नगद रु.१० हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । भने सान्त्वना आउने टिमले नगद रु.५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । खुल्ला ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.१० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीय आउने टिमले नगद रु.८ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । तृतीय आउने टिमले नगद रु.६ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । भने सान्त्वना आउने टिमले नगद रु.४ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन ।एकल नृत्य प्रतियोगिता तर्फ प्रथम आउनेले नगद रु.४ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीय आउनेले नगद रु.३ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । तृतीय आउनेले नगद रु.२ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । भने सान्त्वना आउनेले नगद रु.१ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन ।वीरजंगको २०७८ असोज २८ गते मुटुरोगको उपचारको क्रममा भारतको डिल्ली स्थित म्याक्स अस्पतालमा भएको थियो।चन्द विद्यार्थी कालमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सहभागी हुँदै, नेपाल कम्युनिष्ट पार्टी(मसाल), नेकपा(एकता केन्द्र), नेकपा (माओवादी), १० बर्षको जनयुद्ध,२०६२/०६३ पछी माओवादी पार्टी नेतृत्वमा आएको विचलनको विरुद्ध दुईलाइन संघर्ष र नेकपा पार्टी निर्माण एवं एकीकृत जनक्रान्तीमा ऐतिहासिक,जुझारु र साहसिक भुमिका निर्वाह गर्दै आएका थिए । २०१६ साल फागुन ७ गते रोल्पा जिल्ला इरिबाङ गाविस साविकको-६ र अहिलेको परिवर्तन गाउँपालिका-३ केवरीमा जन्मिएका थिए । चन्द्र बहादुर चन्द(वीरजंग) नेकपा महासचिव नेत्रविक्रम चन्द(विप्लव)का जेठो दाइ समेत हुन । कार्यक्रमको सञ्चालन श्याम शाही ठकुरीले गरेका थिए ।
प्रतिक्रिया