रोल्पा । रुन्टिगढी गाउँपालिका ४ मसिनामा रुन्टिगढी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।रुन्टिगढी गाउँपालिकाको आयोजनामा सुरु भएको पालिकास्तरीय चौथो माध्यमिक विद्यालय राष्ट्रपति तथा रुन्टिगढी रनिङ शिल्ड प्रतियोगिताको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराको प्रमुख आतिथ्यतामा भएको हो ।प्रतियोगितामा पालिकाका ९ वटा माध्यमिक विद्यालयहरुको सहभागी रहेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार, रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ मसिना स्थित श्री सूर्योदय माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने समेत जनाइएको छ ।
प्रतियोगितामा १०० मि दौड, २०० मि, ४०० मि, ८००मि, १५०० मिटर र ३००० हजार मिटर दौड हुनेछ त्यस्तै छात्रा भलिबल, छात्र भलिबल, हाइजम्प, त्रिपल जम्प, लङ्ग जम्प, सट फुट, ज्यापलिन थ्रो, रिले दौड ४०० मिटर र १६०० मिटर, खेलहरु हुने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हुनेले राष्ट्रपति सिल र प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्य प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउनेछन । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य जोख बहादुर महाराले खेलकुद एउटा जिवनको महत्त्वपर्ण अङ्ग रहेको बताउदै हाम्रो स्वास्थ्यको लागि राम्रो भएको र प्रतिभाको बिकाश गरेर राष्ट्रिय अन्तरास्ट्रिय खेलकुद प्रतियोगितामा खेल खेल्न सक्ने त्यस्ता खेलाडिहरु निर्माण गरि राष्ट्रलाई चिनाउन सक्ने समेत बताए ।
त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष जनक पुनले राष्ट्रिपति रनिङ शिल्डको महत्त्वपुर्ण भुमिका रहेको बताए । यस गाउँपालिकामा रनिङ शिल्ड आउदै गर्दा केही विद्यालय र शिक्षक शिक्षिकाहरुलाइ ज्वरो आउने गरेको बताउदै, यहाँ उत्साह उमंग र जोस जागर खेल जगतमा नभएको उनको भनाई छ । आगामी दिनमा राष्ट्रपति तथा रुन्टिगढी रनिङ शिल्ड प्रतियोगितालाई एउटा उत्साह, जोस जागरका साथ महत्त्व पुर्ण चाडको रुपमा मनाउनु पर्ने बताए । रुन्टिगढी गाउँपालिका वडा ४ को सूर्योदय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेगम बहादुर कवरको अध्यक्षतामा सुरु भएकोको कार्यक्रममा प्रमुख अथिति लुम्बिनी प्रदेश सदस्य जोख बहादुर महारा, विशिष्ट अथिति रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन, निवर्तमान रुन्टिगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा, उपाध्यक्ष सरिता के.सी, रुन्टिगढी गाउँपालिका भित्रका ९ वटै वडाका अध्यक्षहरु, सुनिल स्मृति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पवन कवर, रुन्टिगढी गाउँपालिका शिक्षा शाखा प्रमुख अन्जु शर्मा, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, शिक्षिका लगायत विद्यार्थी खेलाडिहरुको उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया