रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले फागुन १ गते अर्थात २७ औं जनयुद्ध दिवस परेकोले सोही दिवसलाई मध्यनजर गर्दै स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हरेक बर्ष नेपाल सरकारले फाल्गुन १ गते सार्वजनिक बिदा दिँदैं आएको छ सोही सार्वजनिक बिदालाई ध्यानमा राख्दैन स्थानीय सार्वजनिक बिदा दिन लागेको हो । व्यवस्था परिवर्तनको गौरवशाली ऐतिहासिक दिन फाल्गुन १ गतेलाई सार्वजनिक बिदा दिने भनी २०७९ माघ २७ गते बसेको परिवर्तन गाउँपालिकाको गाउँकार्यपालिकाको १४ औं बैठकको निर्णय भए बमोजिम परिवर्तन गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु फाल्गुन १ गतेका दिन स्थानीय सार्वजनिक बिदा गरिएको परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक घर्तीमगरद्वारा हस्ताक्षर सूचनामा जनाइएको छ ।
१० बर्षे जनयुद्ध २०५२ साल फाल्गुन १ गते देखि सुरु भएको ऐतिहासिक दिनलाई नेपाल सरकारले महान जनयुद्ध दिवसको रूपमा मनाउने र सोही दिन सार्वजनिक बिदा दिँदै आइरहेको छ । त्यसलाई मध्यनजर गर्दै फाल्गुन १ गतेको दिनलाई स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ ।
प्रतिक्रिया