रोल्पा । विषेशत कांग्रेस कार्यकर्ताहरु भेट हुँदा र छुट्टिदा ‘जय नेपाल’भन्ने गर्छन् । त्यसैले यो शब्दलाई कांग्रेसको निजी शब्द समेत भन्ने गरिएता पनि सामान्य भेटघाटका क्रममा जसले ‘जय नेपाल’ भन्यो कि नेपाली कांग्रेस पार्टीसँग आस्थावान रहेछ भन्ने अर्थमा पनि बुझ्ने गरेको पाइन्छ । नेपालका कम्युनिष्ट पार्टीहरुले यो शब्दलाई प्रयोग गर्न त्यति रुचाउँदैन्न । उनीहरूले ‘लाल सलाम’ वा ‘अभिवादन’ भन्न रुचाउँछन् । नेपालको भलो होस्, राम्रो होस्, प्रगति होस् भनेर सम्बोधन गरिने ‘जय नेपाल’ शब्दका बारेमा धेरैलाई भ्रमपूर्ण हुनु स्वभाविक मान्न सकिन्छ । यसको ऐतिहासिक महत्त्व र सान्दर्भिकताका बारेमा धेरैलाई अनविज्ञता हुनु पनि स्वभाविक हो भन्ने लाग्न सक्छ । किनकि व्यक्तिको पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरि यो शब्द प्रयोग भइरहेको हुन्छ ।
यो वाक्य राष्ट्रिय अभिवादनको रूपमा पनि प्रयोग भइरहेको पाउँछौं । सैनिक प्रहरीले आफ्नो अभिवादनमा ‘जय नेपाल’ शब्द प्रयोग गर्ने गरेता पनि यस्तै राजनीतिक रूपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरुले पनि अभिवादन गर्नुपरे ‘जय नेपाल’ भन्ने गर्छन् ।कसैले ‘जय नेपाल’ भन्यो भने कि त्यो सेना वा प्रहरी हो, कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो, भन्ने चलन छ । विदेशमा पनि ‘जय नेपाल’ भनेर सम्बोधन भएमा नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ । खासमा यो वाक्य कसरी प्रयोगमा आयो कसले प्रयोगमा ल्यायो भन्ने बारेमा बुझ्नु जरुरी छ । नेपालमा गोपाल प्रसाद रिमाल र शुक्रराज शास्त्रीले ‘जय नेपाल’ भन्ने चलन चलाएको भन्ने पनि गरिन्छ । तर त्यसको आधिकारिक प्रमाण रेकर्ड अहिलेसम्म पाइदैन । सेना वा प्रहरीले ‘जय नेपाल’ शब्द प्रयोग गर्नु देशको भलो, राम्रो र प्रगतिको लागि प्रयोग गरेका हुन । त्यस्तै कम्युनिष्ट विचार, सिद्धान्त बोकेकाले ‘जय नेपाल’ शब्द प्रयोग नगर्नुलाई अन्यथा लिनु हुँदैन ।
विचार, सिद्धान्त मेल खाँदैमा नेपाली कांग्रेसको निजी शब्द भन्नू पनि गलत नै हो ।मानवले जन्म क्रमैमा विचार, सिद्धान्त बोकेर आएको हुँदैन । जब मानव क्रमिक रुपले शारीरिक, मानसिक रूपमा वृद्धि विकास हुँदै जान्छ र विचार, सिद्धान्तको विकास पैदा हुनु स्वभाविक मानिन्छ । हरेक समाजमा बसोबास गर्ने मानवले कुनै न कुनै विचार, सिद्धान्त बोकेका हुन्छन ।
प्रतिक्रिया