Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेशमा ठूलो बजेट चलाउने मन्त्रालयको दाबीबाट माओवादी केन्द्र टसमस नहुँदा मन्त्रिपरिषद् बिस्तार र जिम्मेवारी बाँडफाट हुन सकेको छैन ।

यसैगरी मन्त्रालयको विषयमा पनि अझै सहमति नजुटेको स्रोतले बताएको छ ।

सोही विषयमा शीर्ष नेतृत्वसँग छलफल गर्नका लागि मुख्यमन्त्री अधिकारी सोमबार साँझ पोखराबाट काठमाडौं आएका थिए । लगत्तै, उनले आज (मंगलबार) बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

पुस २५ गते तीनजना बिनाविभागीय मन्त्रीसहित शपथ लिएका अधिकारी शीर्ष नेतृत्वसँग मन्त्रालय बाँडफाटको सहमति जुटाउन काठमाडौं आएका हुन् ।

उनले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : १० बजे