Logo

समाचार

श्रम मन्त्रालयमा अर्यालद्धयको संयोग



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अहिले माहौल बदलिएको छ । कारण हो, अर्यालद्धयको भेट । मन्त्री डोलप्रसाद (डिपी) अर्याल र सचिव एक नारायण अर्याल दुवैजना अहिले यहि मन्त्रालयमा जोडिएका छन् । सरकारी कर्मचारी क्षेत्रमा राम्रो छवि बनाएका एक नारायणले बिषय बुझेको मन्त्रीलाई पाउँदा उत्साहित देखिन्छन् । अहिले भइरहेका नेपाल सरकारका सचिव मध्ये एक नारायण कार्य क्षमता र इमान्दारितामा तुलनात्मक राम्रा मानिन्छन् । मन्त्रीको अनुभव र सचिवको लगावले अब मन्त्रालयले प्रभावकारी काम गर्ने बिश्वास धेरैको छ ।

कर्मचारीवृतमा अहिले यी अर्यालद्धयको सहकार्यले मन्त्रालय भित्रको वेथीति र विकृति अन्त्य गर्दै जनमुखी काम हुने चर्चा चल्न थालेको छ । खासगरि, हाम्रो कर्मचारी क्षेत्र घुसको अखण्डा भएको छ । यस्लाई चिर्न मन्त्री र सचिवको प्रयासबाट सफल हुने बिश्वास सेवाग्राहीले गरेका छन् । विभिन्न मन्त्रालयको अनुभव संगालेका एक नारायण एक हक्की स्वभावका सचिवका रुपमा चिनिन्छन् ।

लामो समय व्यवसाय र सामाजिक काममा खटेर राजनीतिमा भर्खर प्रवेश गरेर मन्त्री भएका डिपी पनि नेपालीहरुलाई स्वदेश भित्र कसरी रोजगार सृजना गर्न सकिन्छ भनेर गृहकार्य शुरु गरिसकेका छन् । मन्त्रीमा नियुक्ति भएदेखि अर्यालद्धयले मन्त्रालयबाट प्रवाह हुने सेवासुविधा र रोजगारका अनेक कोणहरुलाई अध्ययन गर्दै केहि दिनभित्रै गुणस्तरीय सेवासुविधा तौरतरिकाहरु सार्वजनिक गर्दैछन् । मन्त्री र सचिवको कार्यशैलीप्रति इमान्दार कर्मचारीवृतमा अहिले उत्साह जागेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ३८ बजे