रोल्पा । परिवर्तन गाउँपालिका वडा नम्बर ५ ले जनतासँग अध्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तन गाउँपालिका ५ राङ्कोट वडा कार्यालयको आयोजनामा वडा अध्यक्ष भेटघाट कार्यक्रम शुक्रबार साबिकको वडा नम्बर ६ भालुकोटमा सम्पन्न भएको हो ।
परिवर्तन गाउँपालिका ५ का वडा अध्यक्ष दिल बहादुर वलीको अध्यक्षमा भएको वडा अध्यक्ष भेटघाट कार्यक्रममा कार्यक्रममा परिवर्तन गाउँपालिकाका कार्यपालिका सदस्य मोहवीर विक, नेपाल राष्ट्रिय नमूना मावि थप प्राविधिक तथा व्यवसायीक विद्यालय राङ्कोट मौलाबोटका प्रधानाध्यापक गोपाल बहादुर केसी, नेपाल राष्ट्रिय नमूना मावि थप प्राविधिक तथा व्यवसायीक विद्यालय राङ्कोट मौलाबोटका सहायक प्रधानाध्यापक कृष्ण बुढा मगर, पशु प्राविधिक कृष्ण घर्ती मगर, नेपाल राष्ट्रिय नमूना मावि थप प्राविधिक तथा व्यवसायीक विद्यालय राङ्कोट मौलाबोटका कृष्ण प्राविधिक सुरेन्द्र प्रसाद कुर्मी, स्वास्थ्य चौकी राङ्कोटका प्रमुख अशोक विक, ठाकुर खोरिया प्राविका प्रधानाध्यापक नरेन्द्र खड्का र टोल विकास समितिका अध्यक्ष मानपती वली लगायतको सहभागिता रहेको थियो भने भालुकोटका स्थानीय नागरिक करिब २ सय जनाको उपस्तिथि रहेको थियो ।
परिवर्तन गाउँपालिका ५ का वडा सदस्य रमिता विकको स्वागत मन्तव्यबाट सुरु भएको जनतासँग वडा अध्यक्ष भेटघाट कार्यक्रममा उपस्थित कृषिका प्राविधिक र पशुका प्राविधिकले त्यहीँका नागरिकलाई कृषि कार्य गर्दा र पशुपालन गर्दा के–के कुरामा ध्यान दिने भन्ने बारेमा प्रशिक्षण दिएका थिए । साथै वडा अध्यक्षले त्यहाँका जनताका गुनासा सुन्ने, अहिले वडाले सञ्चालन थालेका अभियान अन्तर्गत बालविवाह, पूर्ण सरसफाई, मदिरा नियन्त्रण, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतमा त्यहाँका नागरिकलाई स्पष्ट पारिएको वडा अध्यक्ष दिल बहादुर वलीले बताए । वलीले नागरिकलाई तपाईंहरुको केही गुनासो छ भने राख्नुस भन्दा खासै केही गुनासो नराखेको प्रतिक्रिया दिए । वलीले यो कार्यक्रम जनतासँग वडा अध्यक्ष भेटघाट कार्यक्रम आफ्नो वडाको पहिलो कार्यक्रम भएकोले साबिकका ९ ओटा वडा र अहिलेका ९ ओटै टोलहरुमा निरन्तर अगाडि बढाउने समेत बताए । टोल टोलमा गएर जनताका गुनासा सुन्ने, वडाले दिने सेवा सुबिधा के कस्तो भइरहेको छ, त्यसमा जनताका गुनासा के छ, जिम्मेवार राजनीतिक दलका सल्लाह सुझावलाई मन्न गर्दै छलफल, बहस गरेर अगाडि बढ्ने बताए ।
वडा कार्यालयले केही आर्थिक छुट्यार कार्यक्रम आयोजना गरेको बताइएको छ । जनतासँग वडा अध्यक्ष भेटघाट कार्यक्रमको सञ्चालन राङ्कोट गाविसका कर्मचारी भिम बहादुर वलीले गरेका थिए ।
प्रतिक्रिया