काठमाडौं । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५०० रुपैयाँ कारोबार भइरहेको छ ।
यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण गरीएको छ । शुक्रबार, तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो ।
आइतबार चाँदीको मूल्य भने स्थिर छ । आइतबार चाँदीको १३ सय ९० रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया