Logo

खेलकुद

फिफा विश्वकप स् आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को खेल्दै



काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा आज क्रोएसियार मोरोक्कोबीच खेल हुँदैछ ।

सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८:४५ बजे खालिफा स्टेडिएममा हुनेछ ।

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो ।

यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ । फाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ३७ बजे