Logo

समाचार

आजको मौसम : प्रदेश एकमा हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि अहिले बिहान तराई भूभागका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै पहाडी भूभागमा आंशिक बदली रही रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : ३४ बजे