Logo

समाचार

सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीलाई कालोसूचीमा राख्यो



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएको आज सार्वजनिक सूचना मार्फत जनाइएको छ ।

कालोसूचीमा परेका कम्पनीले उक्त अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन  पाउने छैनन् ।
कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : ५१ बजे