मस्को । यस वर्षको नोबेल शान्ति पुरस्कारका रुसी सह–विजेताले क्रेमलिनका अधिकारीहरूले आफूलाई पुरस्कार अस्वीकार गर्न भनेका छन् ।
आफूलाई पुरस्कार स्वीकार नगर्न भनिएको मेमोरियलका प्रमुख यान रचिन्स्कीले बताएका हुन् । दुई अन्य सह विजेताहरू युक्रेनी मानवअधिकार संगठन र जेलमा रहेका बेलारूसी अधिकार रक्षक पुरस्कार लिनका लागि ‘अनुपयुक्त’ भएको भन्दै रचिन्स्कीलाई पुरस्कार नलिन क्रेमलिन अधिकारीहरुले दबाब दिएका हुन् ।
मेमोरियल रूसको सबैभन्दा पुरानो नागरिक अधिकार समूहहरू मध्ये एक हो, जसलाई गत वर्ष सरकारले बन्द गरेको थियो ।
बिबीसीसँगको एक अन्तर्वातामा राचिन्स्कीले उनको संगठनलाई पुरस्कार अस्वीकार गर्न सल्लाह दिइएको स्वीकार गरेका छन् । ‘तर, स्वाभाविक रूपमा हामीले यो सल्लाहलाई ध्यान दिएनौ ।’
प्रतिक्रिया