काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २.१६ अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा ०.११ प्रतिशतले वृद्धि भएको हो ।
गत साताको कारोबारको अन्तिम दिन बिहीबार ११.२२ अकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ बिन्दुमा आएर रोकिएको छ ।
यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.३० प्रतिशतले वृद्धि भएको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख बढीको कारोबार भएको छ ।
यस्तै १९९ कम्पनीहरुको कारोबार हुँदा ९७ कम्पनीमा वृद्धि भएको छ । ८९ कम्पनीमा ओरालो लागेको र १३ कम्पनी स्थिर रहेको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्था ९.९८ प्रतिशत, ओरियन्टल होटेल्स ६.५७ प्रतिशतले वृद्धि भएको छ । नबिल बैंक १९ करोड ८० लाख बढीको कारोबार भएको र समृद्ध लघुवित्त बित्तिय संस्था ८ करोड ७७ लाख बढीको कारोबार भएको छ ।
आइतबार १३ उप सूचकहरूमा ९ कम्पनीमा उकालो लागेको र अरु सबै उपसूचकहरुमा ओरालो लागेको छ । वृद्धि हुने उपसूचकहरूमध्ये सबैभन्दा धेरै होटेल र पर्यटनमा १.६५ प्रतिशत, जीवन बिमामा करिब २ प्रतिशतले वृद्धि भएको छ र अन्यमा सामान्य वृद्धि भएको छ । साथै ५ उपसूचकहरू ओरालो लागेको छ ।
प्रतिक्रिया