Logo

Breaking News 1

दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुने



काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुन: मतदान हुने भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुन: हुन लागेको हो ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।

आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुन: मतदानको निर्णय गरेको थियो ।

कहाँ कहाँ हुँदैछ मतदान ?
–वैतेश्वर गाउँपालिका–६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका–२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’

–वैतेश्वर गाउँपालिका–३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : ३३ बजे